Sunday, January 25, 2009
जब तिमीलाई भेटछु..
जब तिमीलाई भेटछु..
झुक्छ आँखा,रोकिन्छ सास र पनि,
दर्द अधुरै-अपुरै हुन्छ,
खुलेर भनौं भन्छु दिल भित्रको कुरा र पनि,
दिल भित्रै रहन्छ!
जब तिमीलाई भेटछु..
म जे चाहन्छु तिम्रो पनि त्यहि चाहना छ र पनि,
भन्न सक्दैनौं किन?
आखिर एउटैं ईच्छा र लक्ष छ हाम्रो र पनि,
एउटै मुटु हुदैन किन?
सायद मायाँमा यस्तै हुन्छ होला र पनि,
तिमिलाई पाउने चाहना छ मेरो,
तिमी जहाँ र जसरि रहि रहे पनि,
खुसि र सुखि हुनु प्रगतिको कामना छ मेरो
Thursday, January 22, 2009
मेरो जिंदगी
रीत्ति सकेको जिन्दगीमा अब खुशीको कुनै आशा नै छैन
सुकी सकेका यी आखा हरुमा आसुको कुनै मोलनै छैन
शिउदोको शिन्दुरले लाली चढ़न नपाउदै पुछियर गयो
मनको सारा चाहानाहरु उसई संग लुतियर गयो
रुन शिबया के पो गर्न सक्थे र म न मर्न नै सके
मरेको जिउदो लाश बाहेक सबै चाहाना जली नै सके
यो खोटो भाग्या बाहेक कशलाई दोस दिन सक्छुर
मनमा लागेको कुरा दुई शब्दमा बाहेक कस्लाई पोखन सक्छुर
कसै संग नि मेरो गुनासो छैन
खुसी र उमंग कहा हो कहा, म संग ता टेस्को आवास नै छैन.
Monday, January 19, 2009
मलाइ माफ गरिदेऊ ल शुस
कुरा केही महिना अगाडिको मात्र हो।मेरो १ जना साथीले मलाई १ जना केटीको इमेल ठेगाना दिनुभयो।यसै क्रमम मैले पनि त्यो ठेगाना लाई एड गरिदिय।अनि १ दिन म अनलाइन मा हुदा उनी पनि अनलाइन मा रहेछिन अनि मैले पनि हाई गरिदिए अनलाईन मा भयको हुनाले ।यसरी हाम्रो भेट भय पछि उनीले पनि मलाई हेल्लो भनिन अनि मैले अरु कुरा अगाडी बढाउन मात्र के खोजेको थिय उनीले मलाई तपाईलाई यो आइडी कस्ले दियको भन्न थालिन, मैले पनि मेरो साथी को नाम भनिदिए तर उनीले नचिनेको भनेर बताइन।यसरी हामीहरु कहिले काहि नेट मा भेट हुन्थौ तर जहिले पनि उनीले मलाई आइडीको बारेमा सोध्ने हुनाले मैले त्यती वास्ता गरेन पनि उनीलाइ।यसरी समय बित्दै जादा मेरो डेउटी राती मा भयो अनि २।२ घण्टा को बिचमा १०।१५ मिनेट ट्रकको तापक्रम हेर्नु पर्ने र बाकि समयमा नेटमा बिताउथे।यसरी १० घण्टाको डेउटी नेट मा यता उता गर्दै समय बिताउने गर्थे म ।यसरी १ दिन उनै को आइडी बाट हाई आयो अनि म दङ पर्दै हेल्लो भने अनि फेरी हाम्रो कुरा अगाडी बढ्छ।म उनीलाई पहिलेको भन्दा फरक पाउछु त्यसबेलामा किनकि पहिले २।४ मिनेट मात्र कुरा गर्ने उनी आज लामो समय सम्म कुरा गर्दा।अनि म उनीलाई सोध्छु हैन तिमी त आज चेन्ज भय जस्तो छौ नि?अनि उनीले मलाई आफु उस्को साथी भयको बताउछिन ।१ छिन त म दङ पर्छु अनि सोध्छु हैन तिमीलाई अर्काको पासवड कसरी थाहा भयो नि त? अनि मजाक पनि गरे तिमी त बेमान रहेछौ भनेर।यतिकै मा उनीले पनि हामीमा त चल्छ नि त ? यसरी हामीमा कुरा चल्दै गयो ।यसरी हामीमा मजाकको कुरा हरु धेरै नै हुन्थ्यो साची मैले रातीमा समय बिताउने साथी पायको मा खुशी पनि थिए।यसरी उनी र म धेरै मजाक गर्ने भयकोले होला उनीले मेरो सबै कुरालाई मजाक मा नै लिएको।यसरी हाम्रो नजिकिने काम दिन प्रति दिन बद्धै गैरहेको थियो ।उनीले मेरो बारेमा तेती खेर पनि नसोधेको हैनन तर पनि मजाकले होला तेती खेर मेरो कुरालाई बिस्वाश् नगरेको,आज आएर मात्र थाहा भयो यो कुरा मलाइ।जोक गर्दा गर्दै उनीले मलाई सोधिन् आफू बिर्टिस आर्मि हो भनेर जो उनीले मलाई पहिले नै सोध्नुपर्ने हो,तर पनि मैले पनि उनीलाई कहा आर्मि हुनु यहा भारी बोक्न आएको नि,अब आर्मी भय रात भरी नेटमा बस्थे र? अनि उनीले पनि मजाक गरेको जस्तो मनेर होला फेरि भनिन रेल्यी भन्नुन भनेर।अनि मैले पनि सुपरिम मा काम गर्छु भने तर साहेद उनीको मनमा अफगानिस्तानमा बिर्टिस आर्मी मात्र अप्रेसन को लागी ३महिना जान्छन भन्ने थाहा भएर होला त्यो कुरामा पनि मेरो बिस्वाश नलिएको,तर तेतीखेर उनी चुप लगेकोले र कुरा अर्कै तिर लगेको हुनाले मलाइ लाग्यो उनी ले मेरो कुरा बुझिन होला भनेर।यसरी हाम्रो भेट इन्टरनेटमा मात्र नभएर फोनमा पनी सुरुहुन लागीसकेको थियो हाम्रो ।साच्ची भन्ने हो भने हामी बिच मायाको शब्दले एक अर्कामा छोहि सकेको रहेछ अनि बिस्तारै हामी साथीको नाता बाट मायाको नातामा पो परिणत हुनपुगेछौ। यसरी हामीमा दिनहु नेटमा कुरा र फोन बाट कुरा अनि मोबाइल बाट मेसेज पनि हुने गर्दथ्यो ।यसरी फेरी मेरो डेउटी चेन्ज भयो अनि उनीलाइ मैले भनेको जती समय पनि दिन सकेन पहिलेको जस्तो साहेद तेहि भएर होला उनीले फेरी मलाई शन्का गर्न लागेको ।तर साहेद भाग्यको खेल नै यस्तै भयर होला हाम्रो ३ महिना सम्म कुरा हुदा पनि उनीले मलाइ राम्रो सङ नचिन्नु आज भोलि सम्झदा म आफै नै दङ पर्छु ।अनि १दिन म मिटिङमा थिए तेतीखेर नै उनीको फोन आयो तर मैले तेतीखेर फोन उठाउन सकिन अनि उनीले ४।५ पटक फोन गरिन तर म मिटिङमा भएको हुनाले उठाउन सकेन अनि मैले फेरी मिटिङ सकिए पछि फोन गरे उनी रिसाइरहेकी थिइन अनि मैले पनि आफु मिटिङमा भयको कुरा गरे तर उनी दङ परिछिन मेरो कुरा सुनेर ।यसरी उनीले मलाइ एउता आर्मी सोचेर लगाएको माया केही छिनमा नै भताभुङ भयो तर मलाइ थाहा थिएन कि उनीले म सङग् माया नगरेर एउटा आर्मी पेषा सङ मात्र माया गरेको रहेछिन ।तर पनि खै मेरो गल्ती हो या उनीको भूल यो त म भन्न सक्दिन तर पनि मेरो कुरामा बिस्वास नगर्नाले होला आज उनी अर्कै संसारमा र म अर्कै संसारमा।तर पनि सम्झाउन लाइ मैले मेल र फोन नगरेको हैन तर पनि उनीले नत फोन नै रिसिभ गर्छिन नत मेल नै पठाइन ।उनी जहा भए पनि म उनीको सुखी जिवनको कामना गर्दछु।अनि उनी सङ कुनै गल्ती गरेको भएमा हृदया देखि नै उनी सङ माफी माग्दछु।
माया हजुर
गरौ कुरा मनको आज
राखे पाप हुन्छ हजुर।
तिमिले मलाई माया दिए
मन स्वर्ग पुग्छ हजुर।
अप्पसर जस्तो रुप तिम्रो
साच्चै तिमी परी हजुर।
माया तिमीलाई दिए मैले
नभाग्नु है छोडी हजुर।
खोज्थे तिमीलाई सधै मैले
संसारको हुलमा हजुर।
नलगाउनु माया बरु
झुटो सोची भुलमा हजुर।
माया भन्नु चोखो हुन्छ
नगर्नु है झुटो हजुर।
दिन्छु भन्यौ माया मलाई
नसोच्नु है उल्टो हजुर।
खायौ कसम भगवानको
गर्छु माया भन्दै हजुर।
भोली फेरी नजानु है
छोडी मलाई कतै हजुर।
राखे पाप हुन्छ हजुर।
तिमिले मलाई माया दिए
मन स्वर्ग पुग्छ हजुर।
अप्पसर जस्तो रुप तिम्रो
साच्चै तिमी परी हजुर।
माया तिमीलाई दिए मैले
नभाग्नु है छोडी हजुर।
खोज्थे तिमीलाई सधै मैले
संसारको हुलमा हजुर।
नलगाउनु माया बरु
झुटो सोची भुलमा हजुर।
माया भन्नु चोखो हुन्छ
नगर्नु है झुटो हजुर।
दिन्छु भन्यौ माया मलाई
नसोच्नु है उल्टो हजुर।
खायौ कसम भगवानको
गर्छु माया भन्दै हजुर।
भोली फेरी नजानु है
छोडी मलाई कतै हजुर।
एक्लै बांची दिन्छु.
म जता रहे पनि
चाहे म जहाँ बसे पनि,जता रहे पनि
तिम्रो याद् हरदम हरपल मेरो साथ छ
चाहे म अहिले तिम्रो नजरमा नरहे पनि
तिम्रो हर धद्कन मेरो साथ छ।
जिन्दगीको यो सुनौलो यात्रामा
हरबखत तिम्रो माया मेरो साथ छ
तिम्रो याद् हरदम हरपल मेरो साथ छ
चाहे म अहिले तिम्रो नजरमा नरहे पनि
तिम्रो हर धद्कन मेरो साथ छ।
जिन्दगीको यो सुनौलो यात्रामा
हरबखत तिम्रो माया मेरो साथ छ
तिमीलाई भनुँ या नभनु यो मेरो भाबनामा
तिम्रो न्यानो माया मात्रै मेरो साथ् छ।
त्यसैले,,,जिन्दगी यस्तो यात्रा रहेछ
कहिल्यै पनि नटुंगिने
मायात यस्तो खानी रहेछ जो कहिले नरित्तिने।
त्यसैले,,,जिन्दगी यस्तो यात्रा रहेछ
कहिल्यै पनि नटुंगिने
मायात यस्तो खानी रहेछ जो कहिले नरित्तिने।
Saturday, January 17, 2009
बिसाउने यो चौतारी
आउ साथी गरौ कुरा, यो साँझा चौतारीमा
मनको कुरा खोलौ आज सबै दौतरीमा.
सुख पनी पोखे हुन्छ दुख पनी मिल्छ
मनको कुरा पोखे पछि सबलाई शान्ती दिन्छ.
तेसैले त भन्छु म नहिदौ दुख बोकी भौतारी
छदै छ बिसाउने हाम्रो यो साँझा चौतारी.
मनको कुरा खोलौ आज सबै दौतरीमा.
सुख पनी पोखे हुन्छ दुख पनी मिल्छ
मनको कुरा पोखे पछि सबलाई शान्ती दिन्छ.
तेसैले त भन्छु म नहिदौ दुख बोकी भौतारी
छदै छ बिसाउने हाम्रो यो साँझा चौतारी.
नमस्कार सबै शुभाचिन्तक हरुलाई म चंद्र बहादुर पुनको तर्फ बाट यो बिसाउने चौतारीमा.
नमस्कार म चंद्र बहादुर पुन मगर . मेरो पुरानो घर सुर्खेत हो तर अहिले म कोहलपुर मा बस्दै आयको छु. अनि अहिले म अफगानिस्तान मा काम गर्दै छु र फुरसत को बेलामा तपाई हरुलाई भेट्न र मन को कुरा साता साट गर्न यो बिसाउने चौतारी लियर तपाईहरु को माझ मा आयको छु आशा छ तपाइहरुले म संग मन को कुरा साता साट गर्न आउनुहुनेछ र मनको कुराहरु यो बिसाउने चौतारीमा पोखेर मन शीतल
बनाउनु हुनेछ तेसैले म संपूर्ण शुभाचिंताकलाई यो बिसाउने चौतारी मा हीर्दय देखिनै स्वागत गर्दछु र मनको कोशेलीहरू पठाउन हुन बिनम्र अनुरोध गर्दछु.
कोशेली पठाउने ठेगाना: bisaunechautari@yahoo.com
कोशेली पठाउने ठेगाना: bisaunechautari@yahoo.com
punchandra006@gmail.com
नोट : यदि तपाई हरुले कोशेलीको साथ मा फोटो राखन चाहानु हुन्छ भने कोशेली संग नै पठाउनु होला.
नोट : यदि तपाई हरुले कोशेलीको साथ मा फोटो राखन चाहानु हुन्छ भने कोशेली संग नै पठाउनु होला.
Subscribe to:
Posts (Atom)