Showing posts with label चन्द्र पुन मगर हाल काबुल अफगानिस्तान. Show all posts
Showing posts with label चन्द्र पुन मगर हाल काबुल अफगानिस्तान. Show all posts

Monday, January 19, 2009

माया हजुर














गरौ कुरा मनको आज
राखे पाप हुन्छ हजुर।
तिमिले मलाई माया दिए
मन स्वर्ग पुग्छ हजुर।
अप्पसर जस्तो रुप तिम्रो
साच्चै तिमी परी हजुर।
माया तिमीलाई दिए मैले
नभाग्नु है छोडी हजुर।
खोज्थे तिमीलाई सधै मैले
संसारको हुलमा हजुर।
नलगाउनु माया बरु
झुटो सोची भुलमा हजुर।
माया भन्नु चोखो हुन्छ
नगर्नु है झुटो हजुर।
दिन्छु भन्यौ माया मलाई
नसोच्नु है उल्टो हजुर।
खायौ कसम भगवानको
गर्छु माया भन्दै हजुर।
भोली फेरी नजानु है
छोडी मलाई कतै हजुर।