Monday, January 19, 2009

मलाइ माफ गरिदेऊ ल शुस

कुरा केही महिना अगाडिको मात्र हो।मेरो १ जना साथीले मलाई १ जना केटीको इमेल ठेगाना दिनुभयो।यसै क्रमम मैले पनि त्यो ठेगाना लाई एड गरिदिय।अनि १ दिन म अनलाइन मा हुदा उनी पनि अनलाइन मा रहेछिन अनि मैले पनि हाई गरिदिए अनलाईन मा भयको हुनाले ।यसरी हाम्रो भेट भय पछि उनीले पनि मलाई हेल्लो भनिन अनि मैले अरु कुरा अगाडी बढाउन मात्र के खोजेको थिय उनीले मलाई तपाईलाई यो आइडी कस्ले दियको भन्न थालिन, मैले पनि मेरो साथी को नाम भनिदिए तर उनीले नचिनेको भनेर बताइन।यसरी हामीहरु कहिले काहि नेट मा भेट हुन्थौ तर जहिले पनि उनीले मलाई आइडीको बारेमा सोध्ने हुनाले मैले त्यती वास्ता गरेन पनि उनीलाइ।यसरी समय बित्दै जादा मेरो डेउटी राती मा भयो अनि २।२ घण्टा को बिचमा १०।१५ मिनेट ट्रकको तापक्रम हेर्नु पर्ने र बाकि समयमा नेटमा बिताउथे।यसरी १० घण्टाको डेउटी नेट मा यता उता गर्दै समय बिताउने गर्थे म ।यसरी १ दिन उनै को आइडी बाट हाई आयो अनि म दङ पर्दै हेल्लो भने अनि फेरी हाम्रो कुरा अगाडी बढ्छ।म उनीलाई पहिलेको भन्दा फरक पाउछु त्यसबेलामा किनकि पहिले २।४ मिनेट मात्र कुरा गर्ने उनी आज लामो समय सम्म कुरा गर्दा।अनि म उनीलाई सोध्छु हैन तिमी त आज चेन्ज भय जस्तो छौ नि?अनि उनीले मलाई आफु उस्को साथी भयको बताउछिन ।१ छिन त म दङ पर्छु अनि सोध्छु हैन तिमीलाई अर्काको पासवड कसरी थाहा भयो नि त? अनि मजाक पनि गरे तिमी त बेमान रहेछौ भनेर।यतिकै मा उनीले पनि हामीमा त चल्छ नि त ? यसरी हामीमा कुरा चल्दै गयो ।यसरी हामीमा मजाकको कुरा हरु धेरै नै हुन्थ्यो साची मैले रातीमा समय बिताउने साथी पायको मा खुशी पनि थिए।यसरी उनी र म धेरै मजाक गर्ने भयकोले होला उनीले मेरो सबै कुरालाई मजाक मा नै लिएको।यसरी हाम्रो नजिकिने काम दिन प्रति दिन बद्धै गैरहेको थियो ।उनीले मेरो बारेमा तेती खेर पनि नसोधेको हैनन तर पनि मजाकले होला तेती खेर मेरो कुरालाई बिस्वाश् नगरेको,आज आएर मात्र थाहा भयो यो कुरा मलाइ।जोक गर्दा गर्दै उनीले मलाई सोधिन् आफू बिर्टिस आर्मि हो भनेर जो उनीले मलाई पहिले नै सोध्नुपर्ने हो,तर पनि मैले पनि उनीलाई कहा आर्मि हुनु यहा भारी बोक्न आएको नि,अब आर्मी भय रात भरी नेटमा बस्थे र? अनि उनीले पनि मजाक गरेको जस्तो मनेर होला फेरि भनिन रेल्यी भन्नुन भनेर।अनि मैले पनि सुपरिम मा काम गर्छु भने तर साहेद उनीको मनमा अफगानिस्तानमा बिर्टिस आर्मी मात्र अप्रेसन को लागी ३महिना जान्छन भन्ने थाहा भएर होला त्यो कुरामा पनि मेरो बिस्वाश नलिएको,तर तेतीखेर उनी चुप लगेकोले र कुरा अर्कै तिर लगेको हुनाले मलाइ लाग्यो उनी ले मेरो कुरा बुझिन होला भनेर।यसरी हाम्रो भेट इन्टरनेटमा मात्र नभएर फोनमा पनी सुरुहुन लागीसकेको थियो हाम्रो ।साच्ची भन्ने हो भने हामी बिच मायाको शब्दले एक अर्कामा छोहि सकेको रहेछ अनि बिस्तारै हामी साथीको नाता बाट मायाको नातामा पो परिणत हुनपुगेछौ। यसरी हामीमा दिनहु नेटमा कुरा र फोन बाट कुरा अनि मोबाइल बाट मेसेज पनि हुने गर्दथ्यो ।यसरी फेरी मेरो डेउटी चेन्ज भयो अनि उनीलाइ मैले भनेको जती समय पनि दिन सकेन पहिलेको जस्तो साहेद तेहि भएर होला उनीले फेरी मलाई शन्का गर्न लागेको ।तर साहेद भाग्यको खेल नै यस्तै भयर होला हाम्रो ३ महिना सम्म कुरा हुदा पनि उनीले मलाइ राम्रो सङ नचिन्नु आज भोलि सम्झदा म आफै नै दङ पर्छु ।अनि १दिन म मिटिङमा थिए तेतीखेर नै उनीको फोन आयो तर मैले तेतीखेर फोन उठाउन सकिन अनि उनीले ४।५ पटक फोन गरिन तर म मिटिङमा भएको हुनाले उठाउन सकेन अनि मैले फेरी मिटिङ सकिए पछि फोन गरे उनी रिसाइरहेकी थिइन अनि मैले पनि आफु मिटिङमा भयको कुरा गरे तर उनी दङ परिछिन मेरो कुरा सुनेर ।यसरी उनीले मलाइ एउता आर्मी सोचेर लगाएको माया केही छिनमा नै भताभुङ भयो तर मलाइ थाहा थिएन कि उनीले म सङग् माया नगरेर एउटा आर्मी पेषा सङ मात्र माया गरेको रहेछिन ।तर पनि खै मेरो गल्ती हो या उनीको भूल यो त म भन्न सक्दिन तर पनि मेरो कुरामा बिस्वास नगर्नाले होला आज उनी अर्कै संसारमा र म अर्कै संसारमा।तर पनि सम्झाउन लाइ मैले मेल र फोन नगरेको हैन तर पनि उनीले नत फोन नै रिसिभ गर्छिन नत मेल नै पठाइन ।उनी जहा भए पनि म उनीको सुखी जिवनको कामना गर्दछु।अनि उनी सङ कुनै गल्ती गरेको भएमा हृदया देखि नै उनी सङ माफी माग्दछु।

No comments:

Post a Comment